एजेन्सी । अभिनेत्री प्रियंका चोपडाले आफ्ना ‘मेरी कोम’ को–स्टार सुनिल थापाको निधनमा श्रद्धाञ्जली व्यक्त गरेकी छिन् । सन् २०१४ मा रिलिज भएको उक्त फिल्मको एक विशेष दृश्यलाई इन्स्टाग्राममा पोस्ट गर्दै प्रियंकाले सुनिललाई सम्झिएकी ।छन् ।
उक्त फिल्ममा सुनिलले प्रियंकाको कोचको भूमिका निर्वाह गरेका छन् । चर्चित भारतीय बक्सिङ खेलाडी मेरी कोमको बायोग्राफी उक्त फिल्ममा प्रियंकालाई उपाधिसम्म साथ दिने प्रशिक्षकको रुपमा सुनिल छन् ।
प्रियंकाले लेखेकी छिन्–
तपाईं सधैँ मेरो कोच भएर रहनुहुनेछ सर । बुबालाई भर्खरै गुमाउँदा तपाईंले मलाई सम्हालेर राख्नुभयो । तपाईंले मलाई माया गर्नुभयो र धेरै कठिन दिनहरूमा थाहा नपाई नै साथ दिनुभयो । तपाईंका न्यानो अंगालो र हाँसो सधैँ मेरा सम्झनामा रहनेछन् । अत्यन्तै चाँडै जानुभयो, तर कहिल्यै बिर्सिनुहुने छैन । म विचलित भएको समयमा देखाउनुभएको तपाईंको दयालुपनका लागि धन्यवाद । शान्तिमा विश्राम लिनुहोस्, सुनिल थापा ।
परिवार र प्रियजनहरूप्रति मेरो गहिरो समवेदना र प्रार्थना ।’
