काठमाडौं । माघ पहिलो साता जनकपुरमा सभा सकेपछि रास्वपा सभापति रवि लामिछाने पश्चिम मोडिए भने वरिष्ठ नेता बालेन शाह पूर्व ।
लामिछानेले चितवन पुगेर उम्मेदवारी मनोनयन दर्ता गर्नु थियो । तर, अड्किए पर्सामै । सहकारी ठगीसम्बन्धी मुद्दामा पर्सा जिल्ला अदालतमा उनको सुनुवाइ चलिरहेको थियो ।
पूर्वबाट शनिबार फर्किएका बालेनले पार्टी कार्यालय नगई आफ्नो निजी सम्पर्क कार्यालयमा आफूनिकट उपत्यका र आसपासका उम्मेदवारसँग भेटवार्ता गर्दा सभापति कतै देखिएनन् ।
मिडियामा छाए र सभापतिलामिछानेसँग भेट नगरी फेरि सुदूरपश्चिमको यात्रामा निस्किएका छन् । व्यापक जनसमर्थन जुटाइरहेका छन् । सभापति लामिछाने चुपचाप छन् । सार्वजनिक रूपमा देखिएका छैनन् । केही लेखेका छैनन्, कतै बोलेका छैनन् ।
शुभेच्छुक, कार्यकर्ता–नेतासँग निरन्तर संवादमा रहेको लामिछानेको सचिवालयले जानकारी दिएको छ ।
रणनीतिक योजनाअनुसार नै बालेन अघि बढेको रास्वपाले जनाएको छ ।
