शुक्र, कार्तिक ७, २०८३
25.1 C
Kathmandu

निर्वाचनमा केन्द्रीत हुन ७७ वटै जिल्ला सभापतिलाई कांग्रेसको परिपत्र

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा केन्द्रीत हुन नेपाली कांग्रेसले देशका ७७ वटै जिल्ला सभापति र क्षेत्रीय कार्यसमितिलाई परिपत्र गरेको छ ।

विशेष महाधिवेशनमा सहभागी भएका तथा नभएका, सहमत भएका या नभएकाहरुलाई पनि विधि विधानले पाएको विषय भन्दै जित हारको कुरा नगरी चुनावमा केन्द्रित हुन भन्दै कांग्रेसले परिपत्र गरेको हो।

महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेले जारी गरेको परिपत्रमा अहिलेको राजनीतिक परिस्थितिमा कांग्रेसलाई अघि बढाउन पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवाको साथ रहने विश्वाससमेत व्यक्त गरिएको छ।

परिपत्रमा अहिलेको राजनीतिक परिस्थितिमा कांग्रेसलाई अघि बढाउन पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवाको साथ रहने विश्वास गरिएको छ ।

‘यस परिस्थितिमा नेपाली कांग्रेसलाई अगाडि बढाउन पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवालगायत पार्टीमा विभिन्न तह र निकायमा रहनुभएका साथीहरुबाट पार्टीको यो लोकतान्त्रिक प्रक्रियालाई सहजरुपमा लिई पूर्ण साथ रहनेछ भन्ने विश्वास लिइएको छ,’ परिपत्रमा उल्लेख छ ।

विगतमा भएका कमजोरीलाई आत्मालोचना गर्दै समीक्षा गरिएको भन्दै उनले थपे, ‘आजसम्मका उपलब्धिलाई समयको पदचापअनुसार संस्थागत गर्ने संकल्प गरेको छ । अब कांग्रेस बदलिएको छ । बदलिनेछ ।’

हालै सम्पन्न विशेष महाधिवेशनबाट गगनकुमार थापा सभापति चयन भएका हुन् । कांग्रेसमा अहिले पनि शेरबहादुर देउवा समूहले उक्त विशेष महाधिवेशनलाई स्वीकार गरिसकेको छैन ।

सम्बन्धित समाचार

ताजा न्यूज