सोम, अशोज ५, २०८३
25.1 C
Kathmandu

ओलीबाट पक्षपातपूर्ण व्यवहार भए प्रतिवाद गर्ने पोखरेल पक्षको निष्कर्ष

काठमाडौं । नेकपा (एमाले)को ईश्वर पोखरेल समूहले पार्टीभित्र पक्षपात भए प्रतिवाद गर्ने निष्कर्ष निकालेको छ।

शनिबार बबरमहलस्थित कार्की ब्यांक्वेटमा बसेको भेलाबाट पोखरेल समूहले उक्त निष्कर्ष निर्णय भेलापछि पत्रकारहरूसँग बोल्दै उपमहासचिव योगेश भट्टराईले बताए।

‘आजको भेलाबाट केपी ओलीलाई पार्टी अध्यक्षमा निर्वाचित भएकोमा बधाई दिएका छौँ । उहाँले ल्याउने सकारात्मक प्रश्तावलाई हामीले सर्मथन गर्दछौँ । यदी पार्टी एकतालाई खण्डित गर्ने, पार्टीभित्र पक्षपात गर्ने, पार्टीभित्र गुटबन्दी, विभाजन गर्ने, पार्टीभित्र काखा र पाखा गर्ने प्रश्तावहरु आएभने हामी त्यसको प्रतिवाद गर्छौं,’ उनले भने।

बैठकमा महाधिवेशनको लोकतान्त्रिक प्रतिष्पर्धा कति स्वस्थ भयो ? कति मयार्दित भयो? लगायतका विषयमा छलफल भएको उपमहासचिव भट्टराईले बताए। ।

‘प्रतिनिधि छनौटदेखि बन्दसत्र सञ्चालनभित्र भएका थुप्रै क्रियाकलापहरुले हाम्रो पार्टीको लोकतान्त्रिक अभ्यासमाथि पनि गम्भिर प्रश्नहरु उठाएको छ । पार्टी संरचनाहरुको दुरुपयोग गरिएको छ । संगठन विभाग लगायतका निकायहरुको दुरुपयोगबाट पार्टीको आन्तरिक लोकतन्त्रलाई अस्वस्थ बनाउने कोशिस भयो, त्यसप्रति हामीले चिन्ता व्यक्त गरेका छौं,’ उनले भने।

सम्बन्धित समाचार

ताजा न्यूज