मङ्ल, अशोज ६, २०८३
26.1 C
Kathmandu

कांग्रेसको भाबी सभापतिमा शेखरको दाबी, मिलनबिन्दु आफू भएको दाबी

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको भाबी सभापतिमा दाबी गरेका छन् । पार्टीभित्र वरिष्ठ र युवापुस्ताको मिलनबिन्दु आफू भएको उनले बताएका छन्।

कोइरालाले लामो समयदेखी पार्टीभित्र र बाहिरका फोरमहरुमा युवापुस्तालाई राज्यको मुल प्रवाहमा जोड्नुपर्छ भन्ने कुरा गर्दै आए पनि त्यसको सुनुवाइ नभएकोले पछिल्लो परिस्थिति निर्माण भएको बताए।

आफूले कोभिड महामारीकै समयदेखि युवाका निम्ति केन्द्रमा २०, प्रदेशमा ३० र स्थानीय तहमा ४० प्रतिशत प्रतिनिधित्वको माग गरेको स्मरण पनि कोइरालाले गरे।

प्रजातन्त्र सेनानी संघका केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरूसँग विशालनगरस्थित कोइरालाकै सम्पर्क कार्यलयमा भएको भेटघाटमा नेपालको लोकतान्त्रिक आन्दोलनमा प्रजातन्त्र सेनानीहरूले पुर्‍याएको योगदानको सधैँ उच्च कदर हुने बताए।

देश र पार्टी अत्यन्तै कठिन मोडमा उभिएको बताउँदै उनले कांग्रेस पार्टी पुनर्निर्माणका लागि अझै सेनानीहरूको अनुभवको सहयोगको खाँचो रहेको पनि उनले प्रस्ट पारे ।

जिल्ला–जिल्लाबाट आएका सेनानीहरूलाई पार्टीको आसन्न महाधिवेसन र आमनिर्वाचनमा होमिन कोइरालाले निर्देशन दिए।

 

सम्बन्धित समाचार

ताजा न्यूज