मङ्ल, अशोज ६, २०८३
22.1 C
Kathmandu

सुदूरपश्चिममाथि सानदार जित निकाल्दै लुम्बिनी बन्यो एनपिएल च्याम्पियन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जितेको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको उपाधि भिडन्तमा सुदूरपश्चिम रोयल्यमाथि ६ विकेटको सानदार जित निकाल्दै लुम्बिनी दोस्रो सिजनको एनपिएलको च्याम्पियन बनेको हो।

गत सिजन अंक तालिकाको पुछारमा रहेको र बाहिरिने पहिलो टोली बनेको लुम्बिनीले दोस्रो सिजनमा भने उपाधि जित्न सफल भएको हो। यो सिजन पनि लुम्बिनी कुनै समय बाहिरिने संघारमा थियो। पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गरेपछि लुम्बिनी लगातार तीन खेलमा हारेको थियो।

लुम्बिनीले दोस्रो खेलमा कर्णालीसँग ९ विकेट, तेस्रो खेलमा काठमान्डुसँग २२ रन र चौथो बेलमा सुदूरपश्चिमसँग ७ विकेटको पराजय भोगेको थियो।

त्यसपछि एक हारले उसको यात्रा सकिने अवस्था थियो। तर उसले त्यसपछि लिग चरणमा पोखरालाई ३ विकेट, विराटनगरलाई ५ विकेट र जनकपुरलाई ४ विकेटले पराजित गरेर अंक तालिकामा चौथो बनेर प्लेअफमा स्थान बनायो।

एलिमिनेटमा लुम्बिनीले काठमान्डुलाई ४ विकेटले हराएर दोस्रो क्वालिफायरमा स्थान बनायो। यस्तै दोस्रो क्वालिफायरमा पनि उसले विराटनगरलाई ४० रनले हराएर फाइनलमा स्थान बनाएको थियो।

फाइनलमा पनि सुदूरपश्चिममाथि जित निकालेर उपाधि जितेर एउटा उत्कृष्ट पुनरागमन गरेको लुम्बिनीले लगातार तीन खेलको पराजय पछि लगातार ६ खेलमा जित निकाल्दै उपाधि जित्यो।

सुदूरपश्चिमले लिग चरणमा ६ खेल जितेर शीर्ष स्थान पक्का गरेको थियो। अन्तिम खेलमा विराटनगरसँग पराजित भए पनि सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई पराजित गरेर फाइनलमा स्थान पक्का गरेको हो।

सुदूरपश्चिमले लिग चरणमा ६ खेल जितेर शीर्ष स्थान पक्का गरेको थियो। अन्तिम खेलमा विराटनगरसँग पराजित भए पनि सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई पराजित गरेर फाइनलमा स्थान बनाएको थियो।

सुदूरपश्चिम लगातार दोस्रो सिजन उपविजेतामै सीमित बन्यो। गत सिजन पनि लिग चरणमा उत्कृष्ट खेलेको सुदूरपश्चिम फाइनलमा भने जनकपुर बोल्ट्ससँग पराजित भएको थियो।

सम्बन्धित समाचार

ताजा न्यूज