बिहि, अशोज ८, २०८३
19.1 C
Kathmandu

एनपिएलको दोस्रो क्वालिफायरमा लुम्बिनी र विराटनगर आज भिड्दै

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा बिहीबार लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दैछन् ।

फाइनल प्रवेशका लागि लुम्बिनी र विराटनगर बिहीबार अपराह्न ४ बजे भिड्न लागेका हुन् । पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएपछि विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो ।

लुम्बिनीले इलिमिनेटरमा काठमाडौं गोर्खाजलाई ४ विकेटले हराएर दोस्रो क्वालिफायरमा पुग्न सफल भएको छ । लिग चरणमा लुम्बिनीले विराटनगरलाई ५ विकेटले हराएको हो ।

आजको खेलमा विजयी हुने टोली फाइनलमा पुग्ने भएकाले दुवै टोलीका लागि यो खेल महत्त्वपूर्ण छ ।

विजयी टोलीले उपाधिका लागि सुदूरपश्चिमसँग सामना गर्नेछ । फाइनल खेल यही मंसिर २७ गते हुनेछ ।

सम्बन्धित समाचार

ताजा न्यूज