शुक्र, अशोज ९, २०८३
17.1 C
Kathmandu

एनपीएल २०२५ को फाइनलमा पुग्न विराटनगर र सुदूरपश्चिम आज भिड्ने

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ मा मंगलबारसदेखि प्लेअफका खेलहरू हुँदैछन् ।

प्लेअफअन्तर्गत मंगलबार पहिलो क्‍वालिफायर हुँदैछ । क्वालिफायरमा अंकतालिकामा शीर्ष दुईमा रहेका सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स आमनेसामने हुँदैछन् । खेल अपरान्ह ४ बजे त्रिवि क्रिकेट रंगशालामा सुरु हुनेछ ।

गत संस्करणको उपविजेता समेत रहेको सुदूरपश्चिम रोयल्स लगातार दोस्रोपटक प्लेअफमा पुग्न सफल भएको थियो भने विराटनगर पहिलोपटक प्लेअफमा पुगेको हो ।

लिग चरणमा लगातार ६ खेल जितेर अन्तिम खेलमा पराजित भएको सुदूरपश्चिम अंकतालिकामा १२ अंकका साथ शीर्षस्थानमा रह्‍यो । विराटनगरले ५ खेल जितेर दोस्रो स्थानमा रह्‍यो ।

यी दुई टोली शनिबार मात्र लिग चरणको आ-आफ्नो अन्तिम खेलमा एकअर्कासँग भिडेका थिए । त्यस खेलमा विराटनगरले सुदूरपश्चिममाथि प्रभावशाली जित हासिल गरेको थियो ।

यस खेलको विजेता टोली सिधै फाइनलमा पुग्नेछ भने पराजित हुने टोलीले अर्को एक मौका पाउनेछ । एलिमिनेटरमा काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सको विजेतासँग पराजित हुने टोलीले खेलेर फाइनल प्रवेश गर्ने मौका पाउने छन् ।

सम्बन्धित समाचार

ताजा न्यूज