शुक्र, कार्तिक ७, २०८३
16.1 C
Kathmandu

नेपालले भारतलाई २–१ गोल अन्तरले हरायो, साम्बाले गरिन् दुबै गोल

काठमाडौं । नेपालले महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा भारतलाई पराजित गरेको छ ।

भारतको सिलोङमा भएको खेलमा नेपालले घरेलु टोलीमाथि २–१ गोलको जित निकालेको हो । नेपालको जितमा दुवै गोल कप्तान सावित्रा भण्डारी साम्बाले गरिन् ।

उनले खेलको दोस्रो मिनेटमै गोल गरेर नेपाललाई अग्रता दिलाएकी थिइन् । साम्बाले ६३ मिनेटमा अग्रता दोब्बर पारिन् । उनले डिबक्स बाहिरबाट हानेको फ्रिकिकले सिधै गोलपोस्टको दिशा लिएको थियो ।

यससँगै साम्बाले आफ्नो अन्तर्राष्ट्रिय गोल संख्या ६६ पु¥याएकी छिन् । भारतले ८१ मिनेटमा गोल फर्कायो ।

भारतका लागि करिश्मा सिर्भोइकरले डिबक्सबाट उत्कृष्ट फिनिसिङ गरेकी थिइन् । फिफा विन्डोमा भएको यो खेललाई अन्तर्राष्ट्रिय मान्यता दिइएको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज