एजेन्सी । अमेरिका र जापानले दुई नयाँ सम्झौतामा हस्ताक्षर गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानकी प्रधानमन्त्री सनेई तकाइचीले दुईवटा नयाँ सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
दुई देशबीच हस्ताक्षरित एउटा सम्झौताले अमेरिका–जापान सम्बन्धको नयाँ सुरूवातलाई दर्शाउने खालको रहेको छ भने अर्को सम्झौता महत्वपूर्ण खनिजसँग सम्बन्धित रहेको छ ।
सम्झौतामा हस्ताक्षरपछि अमेरिकी राष्ट्रपति ट्रम्पले जापानको सराहना गर्दै अमेरिकाको मजबुत सहयोगीको रूपमा चित्रित गरेका छन् ।
उनले जापानकी पहिलो महिला प्रधानमन्त्री तकाइचीको प्रशंसा पनि गरेका छन् ।
