शुक्र, कार्तिक ७, २०८३
15.1 C
Kathmandu

दशैँपछि बस्ने गरी कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।

बैठक असोज २६ गते आइतबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बोलाइएको हो।

जेनजी आन्दोलनपछि कांग्रेसले पहिलो पटक बैठक बोलाएको हो।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सभापति शेरबहादुर देउवाले असोज २६ गते आइतवार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक बैठक बोलाएका जानकारी दिए।

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उनले बताए।

गत २४ गते भएको जेनजीको हिंसात्मक आन्दोलनमा सभापति शेरबहादुर देउवा दम्पत्तिमाथि साङ्घातिक आक्रमण भएको थियो। उनीहरु अझै पनि उपचाररत छ।

सभापति देउवालाई नेतृत्व छाड्नु पर्ने दबाबका बीच कांग्रेसले बैठक बोलाएको हो। संस्थापनइतर समूह विशेष महाधिवेशनको पक्षमा छ भने संस्थापन पक्ष नियमित महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज