शनि, कार्तिक ८, २०८३
21.1 C
Kathmandu

जेनजी आन्दोलनको हिंसात्मक घटना छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन हुने

काठमाडौं । सरकारले जेनजी आन्दोलनमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ।

सोमवार बसेको पहिलो मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोग गठन गर्ने सैद्धान्तिक निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।

उनले आयोग संरचना कस्तो हुने भन्नेबारे टुंगो लाग्न बाँकी रहेको बताए । सम्भवत पूर्व न्यायाधीशकै नेतृत्वमा गठन हुने उनले बताए ।

यस्तै, सरकारले असोज १ गते शोक दिवस मनाउने निर्णय गरेको छ। त्यस दिन सार्वजनिक बिदासमेत दिने निर्णय भएको छ । मन्त्रिपरिषद बैठकले जेन–जी आन्दोलनमा मृत्यु भएकाहरूको सम्झनामा शोक दिवक मनाउने निर्णय गरेको गृह र कानुनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।

मृतकका परिवारलाई १० लाख क्षतिपूर्ति र ५ लाख अन्य खर्च गरी १५ लाख रुपैयाँ राहत दिने निर्णय पनि गरेको बताए।

आन्दोलनमा ज्यान गुमाएकाहरूलाई राष्ट्रिय झन्डा ओड्याउने निर्णयसमेत गरिएको छ।

जेन–जी आन्दोलनका क्रममा देशभरी ७२ जनाले ज्यान गुमाएका छन्।

सम्बन्धित समाचार

ताजा न्यूज