काठमाडौं । विद्युतको बक्यौता उठाउने निर्णयकै कारण तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले हटाएका नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङ जनेजी आन्दोलनपछि उर्जामन्त्री बनेका छन् । नवनियुक्त उर्जामन्त्री घिसिङले पहिलो निर्णय नै विद्युतको बक्यौता उठाउने गरेका छन् । घिसिङले कार्यभार सम्हाल्दै डेडिकेटेड र ट्रंक लाइनको बक्यौता रकम असुल्ने पहिलो निर्णय गरेका हुन्।
उनले मुलुकलाई स्थायित्व र विकासतर्फ अघि बढाउन सबै पक्षको सहकार्य अपरिहार्य रहेको बताए।
मन्त्रालयका कर्मचारीहरूसँगको छलफलमा उनले मुलुकलाई पुनःनिर्माण, राजनीतिक स्थिरता र समृद्धितर्फ अघि बढाउन आफू कटिबद्ध रहेकोसमेत बताए।
