काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने नक्खु कारागार फर्किएका छन्।
लामिछाने भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा सुरक्षाको कारण देखाउँदै नक्खु कारागारबाट निस्किएका थिए।
यसरी निस्किएकामा उनको चर्को आलोचना भएको थियो । स्पस्टीकरण दिँदै शनिबार कारागार फर्किएका हुन्।
सहकारी ठगी मुद्दामा पूर्पक्षका लागि उनी थुनामा छन्।
यसअघि उनले आफ्नो जन्मदिनको उपहार सम्झेर कारागार फर्किएको उल्लेख गरेका थिए। उनले अब भने स्वच्छ न्याय पाउने आशा पनि व्यक्त गरेका छन्।
लामिछानेले कारागार जानुअघि गोली प्रहार र सरकारी संरचना ध्वस्त बनाउने घटनाको छानबिन हुनुपर्ने माग गरेका छन् । कलिला युवामाथि ताकीताकी गोली हान्न आदेश दिने गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्री केपी ओलीमाथि छानबिन गरी कानुनी कारबाही गर्नुपर्ने उनको माग छ । त्यस्तै, सरकारी संरचनामा आगो लगाउनेविरुद्ध पनि कानुनी कारबाही हुनुपर्ने उनको माग छ ।
