बिहि, कार्तिक ६, २०८३
23.1 C
Kathmandu

डिम्ब कारोबार रोक्न अन्तरिम आदेश, किशोरीको स्वास्थ्य असुरक्षित हुने निष्कर्ष

काठमाडौं । सर्वोच्च अदालतले डिम्ब दानसम्बन्धी स्वास्थ्य मन्त्रालयले जारी गरेको मापदण्ड तत्काल कार्यान्वयन नगर्न र डिम्ब कारोबार रोक्न अन्तरिम आदेश दिएको छ।

न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले यस्तो आदेश जारी गरेको हो। अधिवक्ता अंकिता त्रिपाठी लगायतले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले मुद्दाको फैसला नहुँदासम्म डिम्ब कारोबार र यसम्बन्धी स्वास्थ्य मन्त्रालयले जारी गरेको मापदण्ड कार्यान्वयन नगर्न आदेश गरेको छ।

सर्वोच्चले डिम्ब कारोबार गर्न दिँदा त्यसले किशोरीहरूको स्वास्थ्य असुरक्षित हुने जनाएको छ। रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सिंहदरवार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, र नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोलाई विपक्षी बनाइएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज