काठमाडौं । पछिल्लो ५ वर्षमा १२ हजार ६४३ जनामाथि बलात्कार भएको उजुरी परेको छ। यसमा ७ हजार ५६४ जना बालिका छन्।
आर्थिक वर्ष २०८१/८२ मा २ हजार २६२ जनामाथि बलात्कार भएको उजुरी परेको छ। यसमा पनि १ हजार ४३७ जना बालिका छन्।
केन्द्रीय प्रहरी कार्यालयको तथ्यांकानुसार १० वर्षभन्दामुनिका २१७ जना, ११ देखि १४ वर्षसम्मका ४७२, १५ देखि १६ वर्षका ४५९ र १७-१८ सम्मका २८९ बालिका बलात्कृत भएका छन्।
त्यस्तै, २०८०/८१ मा २ हजार ५१४ जनामाथि बलात्कारको उजुरी परेको थियो। तीमध्ये १ हजार ५९२ जना बालिका बलात्कारको उजुरी छ।
यस आर्थिक वर्ष १० वर्षभन्दा कम उमेरका २५२ बालिका, ११ देखि १४ वर्षका ५२३, १५ देखि १६ वर्षसम्मका ४८६ र १७-१८ का ३३१ जना बालिकामाथि बलात्कार भएको केन्द्रीय प्रहरी कार्यालयको तथ्यांक छ।
२०७९/८० मा २ हजार ३९८ जनामाथि बालत्कार भएको छ। यसमा १ हजार ५१५ बालिका छन्। त्यसमा पनि १० वर्षमुनिका २५९ जना, ११ देखि १६ सम्मका ९४४, १७ देखि १८ वर्षसम्मका ३१२ जना बालिकामाथि बलात्कार भएको छ।
आर्थिक वर्ष २०७८/७९ मा २ हजार ६५४ जनामाथि बलात्कार भएको छ, जसमा १ हजार ५०५ जना बालिका बलात्कारमा परेका छन्। तीमध्ये १० वर्षमुनिका २५९, ११ देखि १६ वर्षसम्म ९४४, १७ देखि १८ सम्म ३१२ जना छन्।
२०७७/७८ मा २ हजार ८१५ बालिकामाथि बलात्कार भएको उजुरी परेको छ, जसमा १ हजार ५१५ जना बालिका छन्। त्यसमा १० वर्षमुनिका २५९ जना, ११ देखि १६ वर्षसम्मका ९४४ जना, १७ देखि १८ सम्म ३१२ जना छन्।
यही अवधिमा १३ हजार ३२० प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
सबभन्दा धेरै बालिका चिनेजानेकै व्यक्तिबाट बलात्कार हुने गरेको केन्द्रीय प्रहरी कार्यालयको तथ्यांक छ।
