काठमाडौं । मेलम्ची खानेपानी विकास समितिको कार्यकारी निर्देशक (ईडी) मा जगरनाथ दास नियुक्त भएका छन् । नेपाल सरकार खानेपानी मन्त्री स्तरीय निर्णयले निर्देशकमा दासलाई नयुक्त गर्ने निर्णय गरेको हो ।
कार्यकारी निर्देशकमा नियुक्त भएका दास यसअघि खानेपानी तथा ढल व्यवस्थापन कार्यालय जनकपुरका कार्यालय प्रमुख थिए ।
मेलम्ची खानेपानी विकास समितिका तत्कालीन कार्यकारी निर्देशक रत्न लामिछानेलाई खानेपानी तथा ढल व्यवस्थापन विभागको उपमहानिर्देशकमा नियुक्त गरिएको छ ।
विभागको परिवर्तित स्थायी संरचना अनुसार तीन जना उपमहानिर्देशकको दरबन्दी रहेकोमा हाल तीनै जना उपमहानिर्देशक नियुक्त भएपछि विभागले पूर्णता पाएको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ईञ्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिए ।
