शनि, कार्तिक ८, २०८३
15.1 C
Kathmandu

नेपाल प्रहरीका ४१ डीएसपीको सरुवा, को कहाँ पुगे ?

काठमाडौं । नेपाल प्रहरीका ४१ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा गरिएको छ। प्रहरी महानिरीक्षक दीपक थापाले डीएसपीहरुको सरुवा तथा काज गर्ने निर्णय गरेका हुन्।

सरुवाको निर्णयसँगै काठमाडौँ उपत्यकाका केही वृत्तदेखि विभिन्न जिल्लाका इन्चार्जहरु समेत हेरफेर भएका छन्।

जिल्ला प्रहरी कार्यालय खोटाङमा प्रकाश बुढाथोकी, अछाममा ओमप्रकाश खनाल, बझाङमा खगेन्द्र धमला, सल्यानमा हेमबहादुर केसी,डोल्पामा रुकबहादुर खड्का, इलाका प्रहरी कार्यालय पथरी मोरङमा तुलसीराम अर्याल, बैतडीमा दीपककुमार रायलाई सरुवा गरिएको छ।

प्रहरी बृत्त सिंहदरबारमा प्रल्हाद कार्की, वडा प्रहरी कार्यालय बैदाम कास्कीमा नमराज भट्टराई, घुम्ती पर्यटक प्रहरी कार्यालय रानीपोखरीमा कृष्णराज ओझा र सिंहदरबार सुरक्षा गणमा सिद्धराज न्यौपाने सरुवा भएका छन्।

हेरौँ सूची

सम्बन्धित समाचार

ताजा न्यूज