काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टा मनसुन सक्रिय रहने जनाएको छ ।
मनसुनको न्यूनचापीय रेखा नेपालको तराई आसपास अवस्थित छ । बुधबार बिहान सात वटै प्रदेशमा वर्षा भएको छ ।
महाशाखाका अनुसार मधेस, बागमती, कर्णाली र सुदूपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भएको छ ।
अन्य प्रदेशका एक दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भएको छ । बुधबार देशभर पूर्णतया बदली रहनेछ ।
देशका अधिकांश स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
मधेस प्रदेशलगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा भारी वर्षा र एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
कर्णाली प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
