शनि, कार्तिक ८, २०८३
22.1 C
Kathmandu

आफ्नै दलको सरकार ढालेर मुख्यमन्त्री बने इन्द्र बानियाँ

काठमाडौं । कांग्रेस प्रदेश सभापति इन्द्रबहादुर बानियाँ आफ्नै दल कांग्रेस नेतृत्वको सरकार ढालेर बागमतीका छैटौँ मुख्यमन्त्री बनेका छन् । कांग्रेस–एमाले गठबन्धनबाट मंगलबार मुख्यमन्त्री नियुक्त भएका बानियाँले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मंगलबार शपथपछि मुख्यमन्त्री बानियाँले कांग्रेसबाट दुई र एमालेबाट ६ गरी आठ मन्त्री नियुक्त गरे । ती मन्त्रीहरूले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् ।

संविधानको धारा १६८ को २ अनुसार मुख्यमन्त्री बनेका बानियाँ कांग्रेस र एमालेको गठबन्धनबाट मुख्यमन्त्री बनेका हुन् । बानियाँले कांग्रेसका ३७ र एमालेका २७ सांसद गरी ६४ को समर्थनसहित सोमबार मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । ११० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५६ जना सांसदको समर्थन आवश्यक पर्छ । तर, उनलाई ६४ सांसदको समर्थन गरे ।

बानियाँ आफ्नै दल कांग्रेसबाट मुख्मयन्त्री रहेका बहादुरसिंह लामा तामाङविरुद्ध अविश्वासको प्रस्ताव लगी संसदीय दलमा हराएर मुख्यमन्त्री बनेका हुन् । ९ साउनमा नेता लामामाथि अविश्वास प्रस्ताव दर्ता गराएरका बानियाँ १३ साउनमा अविश्वासको प्रस्ताव पारित गराउन सफल भएका थिए । उनलाई प्रदेश सभामा रहेका कांग्रेसका ३७ मध्ये २२ जनाले सघाएका थिए ।

बानियाँले कांग्रेसका कृष्णकुमार तामाङलाई खानेपानी, ऊर्जा तथा सिँचाइ र शिवराज अधिकारी विनाविभागीय मन्त्री बनाएका हुन् । कांग्रेसबाट थप पाँचमन्त्री नियुक्त हुन बाँकी छन् ।

एमाले मधुसुदन पौडेलको नेतृत्वमा सरकारमा सहभागी भएको हो । पौडेल कृषि तथा पशुपंक्षी विकास, डा. दिनेशचन्द्र देवकोटा भौतिक पूर्वाधार, जयराम थापा श्रम रोजगार तथा यातायात, भरतबहादुर केसी वन तथा वातावरण, किरण थापा स्वास्थ्य र विन्दु श्रेष्ठ उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री बनेका छन् । थापा यसअघि तामाङ नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्री थिए ।

मुख्यमन्त्री बानियाँको पहिलो निर्णय

नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले संसदले पारित गरेको संकल्प प्रस्तावलाई कार्यान्वयनमा लैजाने पहिलो निर्णय गरेका छन् ।

प्रदेशसभाको २३ असारको बैठकले पारित गरेको प्रस्तावलाई ग्रहण गर्दै उनले आर्थिक मितव्ययिता, सुशासन र जनमुखी बजेट प्रणालीलाई सरकारको प्राथमिकता बनाउने घोषणा गरेका हुन् ।

मुख्यमन्त्री बानियाँले सरकारले अनावश्यक र फजुल खर्च कटौती गर्ने दावी गरे ।

सम्बन्धित समाचार

ताजा न्यूज