शनि, कार्तिक ८, २०८३
16.1 C
Kathmandu

प्रहरीको गोली लागेर लालुको ज्यान गयो

सप्तरी । सप्तरीको नेपाल-भारत सीमावर्ती क्षेत्र राजग‍ढ गाउँपालिका-२ कमलपुरमा प्रहरीले गोली चलाएको छ। प्रहरीका अनुसार तस्कर समूहले प्रहरी टोलीमाथि आक्रमण गर्दा प्रतिरक्षामा प्रहरीले मंगलबारराति गोली चलाएको हो।

प्रहरीले चलाएको गोली लागेर राजगढ-२ कै ३५ वर्षीय लालु यादवको मृत्यु भएको छ। प्रहरीले चलाएको गोली उनको तिघ्रामा लागेको थियो। उनको उपचारका क्रममा गजेन्द्रनारायण सिंह अस्पतालमा मृत्यु भएको हो।

ठूलो मात्रामा मदिरा अवैध रूपमा लुकाइछिपाइ राखिएको छ भन्ने सूचना प्रहरीले पाएपछि इन्स्पेक्टर नेतृत्वमा प्रहरी टोली खटाइएको थियो।
प्रहरी पुगेपछि त्यहाँ झन्डै सयजना मानिसहरूले प्रहरीमाथि ढुंगामुढा गरेका थिए।

उनीहरूले लाठी र घरेलु हतियारसहित प्रहरीलाई घेर्न पुगेपछि प्रहरीले हवाई फायर गरेको थियो। प्रहरीले गोली चलाएपछि भिड तितरबितर भएको थियो।

सम्बन्धित समाचार

ताजा न्यूज