शनि, कार्तिक ८, २०८३
16.1 C
Kathmandu

प्रकाशमानलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मा

काठमाडौं । उपप्रधानमन्त्री प्रकाशमान सिंहले कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् ।

प्रधानमन्त्री केपी ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडीसी)को तुर्कमेनिस्तानमा हुने तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिन प्रस्थान गरेपछि सिंहले कार्यबाहकको जिम्मेवारी पाएका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य गर्नेगरी सिंहलाई जिम्मेवारी तोकेका छन्।

नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने गरी तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज