‘मेरी बास्सै’ हास्य टेलिसिरियलमा ‘अप्सरा आमा’को पात्रको भूमिका निर्वाह गरेर चर्चामा आएकी कलाकार लक्ष्मी श्रेष्ठको स्तन क्यान्सर रोगबाट केही महिनादेखि घरमै थलिएकी उनको शुक्रबार राती निधन भएको छ ।
श्रेष्ठलाई चार महिनाअघि भक्तपुर क्यान्सर अस्पताल भर्ना गरिएको थियो। एक महिनाअघि अस्पतालले उपचार सम्भव नभएको भन्दै घर फर्काइदिएको थियो।
श्रेष्ठले कलाकारितामा लामो समय ‘जिरे खुर्सानी’ ‘कान्छी’, ‘उल्टो सुल्टो’ सहित अन्य केही सिरियल, थुप्रै फिल्म र म्युजिक भिडिओमा समेत अभिनय गरेकी थिइन् ।
कलाकार लक्ष्मी श्रेष्ठको शुक्रबार राती निधन
