सोम, कार्तिक १७, २०८३
20.1 C
Kathmandu

मकवानपुरमा मृत बाघ फेला

काठमाडौं । मकवानपुरको मनहरीस्थित एक किसानको गोठमा पालिएको भैँसीले बाघ मारेको छ । मनहरी गाउँपालिका–६, प्रतापपुरका बलबहादुर राईको गोठमा रहेको भैँसीले चितवन राष्ट्रिय निकुञ्जबाट निस्केको बाघलाई मारेको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार, बिहीबार बिहान भैँसीको प्रतिकारमा बाघ मरेको हो । बाघको आक्रमणबाट भैँसी घाइते भएको छ । यस्तो घटना निकुञ्ज र मध्यवर्ती क्षेत्रमा पहिलो हो ।

“मरेको बाघ बुढो र दुब्लो देखिन्छ । निकुञ्जभित्र सिकार गर्न नसकेर आहाराको खोजीमा बाहिर निस्केको हुनसक्छ,” उनले भने ।

मरेको बाघ परीक्षणका निम्ति राष्ट्रिय निकुञ्जमा ल्याइएको सूचना अधिकारी तिवारीले जानकारी दिए । रासस

सम्बन्धित समाचार

ताजा न्यूज