काठमाडौं । नुवाकोटको बोहोरे खोलामा यात्रु बोकेको गाडी दुर्घटना हुँदा १० यात्रु घाइते भएका छन् ।
त्रिशूली(छहरे-टोखा सडकखण्डअन्तर्गत शिवपुरी गाउँपालिका(७ बोहोरे खोलामा गण्डकी प्रदेश एफएए ०१०६ नम्बरको हायस दुर्घटना हुँदा उनीहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । हायस बुधबार बेलुकी बोहोरे खोला मोडमा दुर्घटना भएको छ ।
यात्रुहरूलाई उपचारका लागि काठमाडौं ल्याइएको प्रहीले जनाएको छ ।
