मङ्ल, कार्तिक १८, २०८३
12.1 C
Kathmandu

गुडिरहेको माइक्रोबसमा माथिबाट ढुंगा खस्दा लाग्दा दुई जना घाइते

नारायणगढ मुग्लिन सडकखण्डमा गुडिरहेको माइक्रोबसमा माथिबाट ढुंगा खसेर लाग्दा दुई जना घाइते भएका छन्।

आज बिहान ११ बजेतिर भरतपुर महानगरपालिका २९, स्थित सत्रकिलोमा काठमाडौंबाट नारायणगढतर्फ आउँदै गरेकोे बा प्र ०१–००६ ख ६४१४ नम्बरको माइक्रोमा ढुंगा खसेर लाग्दा दुई जना घाइते भएका हुन्।

घाइते हुनेमा देवचुली नगरपालिका १३ बस्ने ३० वर्षीया कल्पना परियार र उनकी छोरी ८ वर्षकी छोरी कञ्चन परियार रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
उनीहरू दुवैजनाको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ढुंगाले लाग्दा माइक्रोको अगाडिको सिसामा क्षति पुगेको बताइएको छ भने अन्य यात्रु तथा चालक भने सकुशल छन्।

सम्बन्धित समाचार

ताजा न्यूज