बिहि, कार्तिक २०, २०८३
15.1 C
Kathmandu

लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत पाएका छन्। गत साउन ७ गते मुख्यमन्त्री नियुक्त भएका आचार्यले मंगलबार ९भदौ ४० मा प्रदेशसभाबाट दुइ तिहाइ विश्वासको मत लिएका हुन्।

उनको पक्षमा ७० मत र विपक्षमा ११ मत खसेको सभामुख तुलाराम घर्ती मगरले घोषणा गरे । लुम्बिनीमा कुल ८७ सांसद छन् भने बहुमतका लागि ४४ सांसदको संख्या आवश्यक पर्छ ।

मुख्यमन्त्री नियुक्त हुँदा आचार्य एमाले संसदीय दलको उपनेता थिए।आचार्य तीन दिनअघि मात्रै एमाले संसदीय दलको नेता चयन भएका हुन् । दलको नेता चयन भएपछि उनले प्रदेशसभाबाट विश्वासको मत लिएका हुन्।

मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । मुख्यमन्त्री आचार्य एमाले महासचिव शंकर पोखरेल निकट मानिन्छन्।

सम्बन्धित समाचार

ताजा न्यूज