काठमाडौं। गुल्मी जिल्लामा गुडिरहेको बसमा लेदोसहितको बाढीले क्षति गरेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीाका अनुसार रुरुक्षेत्र गाउँपालिका १, रातामाटास्थानमा मदन भण्डारी राजमार्गमा भेलले यात्रुवाहक बस आंशिक पुरेको हो ।
राजमार्गको तम्घास बुटवल सडकमा गुडिरहेको लु १ ख ५९२० नम्बरको बसको केही भाग पुरेको छ । यात्रु सबैजना बसबाट सकुल बाहिर निस्किएका छन् । राजमार्गको रिडी देखि भेडुवासम्मको २५ किलोमिटर सडकमा स्तरोन्नतिको काम भइरहेको छ ।
सडक बिस्तारले अहिले वर्षको समयमा हिलाम्मे बन्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य भएका छन् । अहिले उक्त स्थानमा सुरक्षाकर्मीको टोली पुगेको छ । बाटो खुलाउने तयारी भइरहेको छ ।
