बिहि, कार्तिक २०, २०८३
15.1 C
Kathmandu

प्रचण्ड देउवा र नेपाल आज एउटै सार्वजनिक मञ्चमा देखिने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल आज एउटै सार्वजनिक मञ्चमा देखिने भएका छन् ।

नेपाली कांग्रेसका पूर्वनेता प्रदीप गिरीको दोस्रो स्मृति दिवसको कार्यक्रममा स्कुल अफ डेमोक्रसीले एउटै मञ्चमा ल्याउन लागेका हुन् ।

बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा दिउँसो १ बजे आयोजना हुँने कार्यक्रम रहेको छ ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा कांग्रेस सभापति शेर बहादुर देउवा सहभागी हुनेछन् । विशिष्ट अतिथिको रुपमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र लोसपाका सभापति महन्थ ठाकुरलाई बोलाइएको छ ।

देउवा, प्रचण्ड र माधव नेपाल एउटै सार्वजनिक मञ्चमा लामो समयदेखि देखिएका छैनन् । उनीहरु स्थानीय तह निर्वाचनको बेलामा चितवनमा एउटै मञ्चमा सहभागी थिए ।

सम्बन्धित समाचार

ताजा न्यूज