बिहि, कार्तिक २०, २०८३
15.1 C
Kathmandu

मुकुल ढकालको स्पष्टीकरणबारे रास्वपाले किन लिएन निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले निवर्तमान महामन्त्री मुकुल ढकालको स्पष्टीकरणबारे कुनै निर्णय लिएको छैन । गत साउन ३० मा रास्वपाले साधारण सदस्यबाट किन निष्कासित नगर्ने भन्दै स्पष्टीकरण सोधेको हो ।

कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले , “पार्टीविरुद्ध नियोजित रूपमा निरन्तर सक्रिय तपाईंलाई पार्टीको साधारण सदस्यबाट किन निष्कासन नगर्ने रु तपाईंको साधारण सदस्यता किन खारेज नगर्नुपर्ने हो रु आफ्ना भनाइसहित २४ घण्टाभित्र पार्टीमा स्पष्टीकरण पेस गर्नुहुन सूचित गरिन्छ ।” भन्दै सोधेका थिए

उक्त स्पष्टीकरणको जवाफ मुकुलले साउन ३१ गते सामाजिक सञ्जालमा पनि राखेका छन् । ढकालले स्पष्टीकरणको जवाफमा तीन वटा प्रश्न सोधेका छन् ।

सहकारी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेमाथि छानबिनका लागि पार्टीबाट स्वतन्त्र समिति किन गठन नहुने भन्दै उनले प्रश्न सोधेका थिए ।
रास्वपाको केन्द्रीय समिति बैठक बुधबार बस्दै छ । बैठकको एजेन्डामा भने उल्लेख गरेको छैन ।

केन्द्रीय कमिटीको अर्को बैठकमा निर्णयमा लागि लैजाने सम्भावना रहेको स्रोतले जनाएको छ । रास्वपाले असार २५ गते ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य पदबाट पदमुक्त गरेको थियो ।

ढकाललाई पार्टी निर्णय चित्त नबुझे पुनरावेदन गर्न ३५ दिनको समय दिएको थियो । तर, उक्त समयमा पुनरावेदन नदिएर सञ्चार माध्यमहरूमा नेताहरूको छवि, इज्जत र प्रतिष्ठा धमिल्याउन खोजेको, पार्टीका शुभचिन्तक भड्काउन खोजेको आरोप रास्वपाको छ ।

सोही आरोप लगाउँदै रास्वपाले ढकाललाई साधारण सदस्यबाट किन नहटाउने भनि स्पष्टीकरण सोधेको थियो ।

सम्बन्धित समाचार

ताजा न्यूज