बिहि, कार्तिक २०, २०८३
15.1 C
Kathmandu

सुनको मूल्य तोलामा १०० रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार…

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेर कारोबार भएको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ८२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला एक हजार ८१० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित समाचार

ताजा न्यूज