आइत, कार्तिक २३, २०८३
14.1 C
Kathmandu

समाजवादी मोर्चाको बैठक बस्दै

काठमाडौं। समाजवादी मोर्चाको सचिवालय बैठक आइतबार बस्ने भएको छ । पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र भावी कार्ययोजनासम्बन्धी राजनीतिक दस्तावेजलाई अन्तिमरूप दिन प्रचण्ड बैठक बस्न लागेको हो । नेतृत्वको सरकार ढलेपछि साउन १ गते पहिलोपटक बसेको मोर्चाको बैठकले समीक्षात्मक राजनीतिक दस्तावेज तयार गरी १५ दिनभित्र बुझाउन निर्देशन दिएको थियो ।

सोही विषयलाई टुंग्याउन नेकपा माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा सचिवालयको बैठक बस्न लागेको हो । बैठकको एजेण्डा तय गर्न मोर्चाका संयोजक समेत रहेका नेत्रविक्रम चन्द विप्लवले शीर्ष नेताहरूलाई भेट गरेका छन् ।

प्रचण्ड र माधव नेपालसँग भेटवार्ता गरिसकेका छन् यसअघि एकीकृत समाजादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गरी संविधान संशोधन र भ्रष्टाचारविरुद्ध सदन र सडकबाट दबाब दिने योजना बनाउने निर्णय गरेको थियो ।
मोर्चाबाट उपेन्द्र नेतृत्वको जनता समाजवादी पार्टी जसपा बाहिरिएपछि नेसपा यादव समुह भित्रिएको छ । कार्यदलमा नेसपाबाट श्रेष्ठसहित माओवादीबाट देव गुरुङ, एकीकृत समाजवादीबाट प्रमेश हमाल र नेकपाबाट खड्कबहादुर विश्वकर्मा रहेका छन् ।

सम्बन्धित समाचार

ताजा न्यूज