शनि, कार्तिक १५, २०८३
16.1 C
Kathmandu

कास्कीबाट २ जना नक्कली प्रहरी पक्राउ

काठमाडौं । दुई नक्कली प्रहरी पक्राउ गरेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले सीआईडीको प्रहरी बताउने नक्कली प्रहरीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका–१७ छोरेपाटनका ३२ वर्षीय सन्दिप श्रेष्ठ र पोखरा–७ माछापुच्छ्रे टोलका २६ वर्षीय सरोज थापा छन् ।

उनीहरुले सादा पोशाकको सीआईडीको प्रहरी भन्दै सर्वसधारणलाई दुख हैरानी दिने शरीर खानतलासी समेत गर्ने गरेको पाइएको कास्की प्रहरीका प्रमुख मोहनकुमार थापाले बताए । पक्राउ परेकाहरुलाई अभद्र व्यवहारको कसुरमा १० दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज