काठमाडौं । सत्तारुढ नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले टिआरसी संक्रमणकालीन न्याय सम्बन्धी० विधेयक शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने गरी आएको बताएका छन् ।
बुधबार प्रतिनिधि सभा बैठकमा सो विधेयकमाथिको छलफलमा भाग लिँदै उनले सो दाबी गरेका हुन्।
प्रमुख सचेतक बर्तौलाले सो विधेयक पीडितमैत्री रहेको पनि बताए । सशस्त्र द्वन्द्व कालका पीडितहरुले न्याय पाउने गरी सो विधेयकलाई दलहरुले सहमतीको आधारमा विषयगत समितिमा छलफल गरी प्रतिनिधि सभामा पेश गरिएको पनि स्मरण गराए । उनले नेपालको शान्ति प्रक्रिया निष्कर्षमा नपुगोस् भन्ने तत्वहरु रहेको भन्दै त्यसप्रति सजग रहनुपर्ने आवश्यकता रहेको बताए ।
प्रमुख सचेतक बर्तौलाले भने, ‘शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउने गरी हामीले यो विधेयक ल्याएका छौं । आज यहाँ जो कानून प्रतिवेदनसहित पेश भएको छ । यसले पीडितलाई बेवास्ता गरेका छैन । सशस्त्र द्वन्द्वका सबै पीडितलाई यो कानूनले समेटेको छ । उसलाई न्यायको तहमा ल्याएको छ । अन्तराष्ट्रिय कानूनलाई यसले समेटेको छ । सुप्रिम कोर्टको अर्डरलाई यसले नजिरको रुपमा स्वीकार गरेको छ । सबै कुराहरु यसमा हामीले भनेका छौं । यो पीडितमैत्री छ मुलुकमा शान्ति प्रक्रियामा निष्कर्षमा नपुगोस् भन्नेहरु पनि छन्। त्यसतर्फ सचेत रहनुपर्दछ ।’
प्रमुख सचेतक बर्तौलाले पीडित पक्ष, सर्वोच्च अदालतको अदालतको आदेश र अन्तर्राष्ट्रिय मानव अधिकारवादीहरुले दिएको सुझावको आधारमा सो विधेयक आएकाले त्यसप्रति शंका गरिरहनु आवश्यक नभएको पनि बताए।
