आइत, कार्तिक १६, २०८३
13.1 C
Kathmandu

बेचन झाविरुद्ध ठगी र संगठित अपराधको कसुरमा मुद्दा दर्ता

काठमाडौं । बेचन झाविरुद्ध जिल्ला अदालत, काठमाडौंमा ठगी र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले मंगलबार झाविरुद्ध अदालतमा पूरक अभियोग दर्ता गरेको हो । उनीमार्फत नक्कली भुटानी शरणार्थी प्रकरणको थप गहिराइमा पुग्न सहयोग हुने अनुमान गरिएको थियो ।

अदालतमा दायर अभियोग पत्रमा समावेश झाको बयानमा उनले नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूलाई थाहै नभएको जिकिर समेत गरेका छन् । ‘म कुनै राजनीतिक पार्टीमा आबद्ध व्यक्ति होइन, टेकनारायण पाण्डेसँग मेरो चिनजान सम्पर्क समेत केही छैन’, उनले भनेका छन्, ‘त्यसो हुनाले कहाँ के कस्तो बयान दिएका हुन् उनै जानुस्, चेकको सम्बन्धमा मलाई केही थाहा छैन ।’

तत्कालीन गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले पक्राउ परेपछि बयान दिँदै प्रकरणमा राजनीतिक नेतृत्व मिलाउने जिम्मा झाले लिएको बताएका थिए
साथै, अनुसन्धान अधिकृतहरुले प्रकरणमा मुछिएकाहरुले झाको नाममा काटेको तीन करोड रुपैयाँको चेक समेत बरामद गरेका थिए ।

तर, आफूविरुद्ध बयान दिने कसैलाई पनि नचिनेको झाले बताएका छन् । झालाई नेपाल प्रहरीको विशेष टोलीले पक्राउ गरेर १५ असारमा नेपाल ल्याएको थियो । अदालतमा दायर अभियोगमा नागरिकताबारे विवरण समावेश छैन । त्यसबारे छुट्टै अनुसन्धान भइरहेको प्रहरी अधिकृतहरु बताउँछन् ।

सम्बन्धित समाचार

ताजा न्यूज