बुध, भदौ ३१, २०८३
24.1 C
Kathmandu

झापामा खोलामा डुबेर एक बालकको मृत्यु

काठमाडौं । झापामा खोलामा डुबेर एक बालकको ज्यान गएको छ । भद्रपुर नगरपालिका–१ स्थितमा रहेको देवी खोलामा खेल्ने क्रममा डुबेर बालकको ज्यान गएको प्रहरीले जनाएको छ ।

आइतबार साँझ स्थानीय महेश रसाइलीको ९ वर्षीय छोरा सौरभ खोलामा खेल्ने क्रममा पानीमा डुबेका थिए । स्थानीयले खोलाबाट निकालेर उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगेका थिए । अस्पताल पुर्‍याउनासाथ उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज