बुध, भदौ ३१, २०८३
21.1 C
Kathmandu

भारतका विदेश सचिव मिश्री काठमाडौं आइपुगे

काठमाडौं । भारतका विदेश सचिव विक्रम मिश्री आज नेपाल भ्रमणमा आएका छन्।

परराष्ट्रसचिव सेवा लम्सालको निमन्त्रणामा मिश्री केही बेरअघि काठमाडौँ आइपुगेका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सचिव लम्सालले उनलाई स्वागत गरिन्।

विदेश सचिवमा नियुक्त भएपछि छिमेकी मुलुक भ्रमण गर्ने परम्पराअनुसार भारतीय विदेश सचिव मिश्री नेपाल आउन लागेका हुन्। मिश्री यही असार १४ गते भारतको विदेश सचिवमा नियुक्त भएका हुन्।

परराष्ट्र मन्त्रालयका अनुसार नेपाल भ्रमणका क्रममा भारतीय विदेश सचिव मिश्रीले दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने र पारस्परिक हितका विषयमा कुराकानी गर्ने कार्यक्रम छ।

विदेशसचिव मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणासँग भेटवार्ता गर्ने तालिका छ। उनी सोमबार स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज