काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसले सरकारमा सामेल हुने मन्त्री र राज्यमन्त्रीको नाम टुंगो लागेको छ ।
आइतबार मुख्यमन्त्री नियुक्त कमल बहादुर शाहले सोमबार पद तथा गोपनियताको शपथ लिएर मन्त्रालय विस्तार गर्ने तयारी भैरहेको छ ।
मन्त्रीको नाम टुंगो लगाउन कांग्रेस संसदीय दलको बैठक धनगढीमा जारी रहेको छ ।
कञ्चनपुरका बहादुर सिंह थापालाई आर्थिक मामिला तथा योजना मन्त्रालय र मेघराज खड्कालाई सामाजिक विकास मन्त्रालयमा सिफारिस गर्ने अन्तिम तयारी रहेको स्रोतले जनाएको छ ।
यस्तै, राज्यमन्त्रीमा प्रकाश बम र सरस्वती खड्काको सम्भावना बढी रहेको स्रोत बताउँछ । नागरिक उन्मुक्तिलाई समेत समेटेर मन्त्रीमण्डल विस्तारको तयारीमा मुख्यमन्त्री शाह छन्।
