काठमाडौं। सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा कमलबहादुर शाह नियुक्त भएका छन् । नेकपा एमालेको समर्थनमा शाहले आज मुख्यमन्त्रीको दाबी पेश गरेका थिए । प्रदेश प्रमुख नजीर मियाँले शाहलाई दाबीबमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् । उनी दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कांग्रेसले पाउने सहमतिबमोजिम शाह मुख्यमन्त्री नियुक्त भएका हुन् ।
सुदूरपश्चिम प्रदेश सभा कूल ५३ सदस्यीय रहेको छ । नवनियुक्त मुख्यमन्त्री शाहले कांग्रेसका १८ र एमालेका ११ गरी २९ सांसदहरुको समर्थनमा सरकारको दाबी पेश गरेका थिए ।
