शनि, कार्तिक १५, २०८३
15.1 C
Kathmandu

एमालेका प्रदेश इन्चार्जहरुमा फेर बदल

काठमाडौं । नेकपा एमालेमा प्रदेश इन्चार्जहरु फेर बदल भएका छन् । बिहीबार बसेको सचिवालय बैठकले सचिवद्‍वय पद्‍मा अर्याल र लेखराज भट्ट बाहेक अरु प्रदेश इन्चार्ज फेरीएका हुन् ।

पार्टी सचिव अर्याल लुम्बिनी र भट्ट सुदूरपश्चिम प्रदेश इन्चार्ज बाहेक अरु नयाँ बाँकी प्रदेशमा इन्चार्ज आएका छन् ।

कोशीको इन्चार्जमा शेरधन राई, मधेशमा लीलानाथ श्रेष्ठ, बागमतीमा राजन भट्टराई र कर्णालीमा गोरखबहादुर बोगटी प्रदेश इन्चार्ज बनेका छन् ।

यसअघि कोशीमा रघुवीर महासेठ, मधेशमा योगेश भट्टराई, बागमतीमा गुरुप्रसाद बराल र गण्डकीमा गोकर्ण विष्ट इन्चार्ज थिए । बराल बढुवा भएर उपाध्यक्ष मनोनित भएकाले इन्चार्जको जिम्मेवारीबाट हटेका हुन् ।
सचिवहरु गोकर्ण, योगेश, रघुबीर र छबिलाल विश्वकर्माले भने चुनाव जितकाले दोहोरो जिम्मेवारी नदिने नीति अन्तर्गत इन्चार्जबाट हटेका एक नेताले बताए ।

सम्बन्धित समाचार

ताजा न्यूज