आइत, कार्तिक १६, २०८३
13.1 C
Kathmandu

श्री एयरका एयर होस्टेज दुर्व्यवहारको आरोपमा एक यात्रु पक्राउ

काठमाडौं । श्री एयरलाइन्सका एयर होस्टेज लाई दुर्व्यवहार गरेको आरोपमा एक जना यात्रुलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँबाट उडेको जहाज धनगढीमा अवतरण भएपछि शिवराज ओझालाई पक्राउ गरिएको कैलालीका एसपी पदम विष्टले रातोपाटीलाई बताए ।

कैलालीको गोदावरी नगरपालिका–१ घर भएका ओझालाई प्रहरीले अभद्र व्यवहार मुद्दामा अनुसन्धान गरिरहेको छ । मङ्गलवार काठमाडौँबाट धनगढी जाने क्रममा उनले सुरुमा एयरहोस्टेज र विवाद बढेपछि विमानका अरू कर्मचारीलाई पनि दुर्व्यवहार गरेको आरोप छ ।

सम्बन्धित समाचार

ताजा न्यूज