काठमाडौं । नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ दललाई संविधान संशोधन जस्तो विषय गोप्य रुपमा गर्ने हो विषय हो भन्दै प्रश्न गरेका छन् ।
पुष्पलाल स्मृति प्रतिष्ठानले शनिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो पश्न गरेका हुन् ।
अध्यक्ष नेपालले सत्तारुढ दलप्रति लक्षित गर्दै संविधानमाथि आघात पुर्याउने कुनैपनि सैह्य नहुने बताए।
‘यो संविधान संशोधन जस्तो विषय गोप्य रुपमा गर्ने हो विषय हो? अवश्य पनि संविधानका धेरै विषयहरुमा बहसको आवश्यकता छ। लगभग १० वर्षको हाम्रो अभ्यासको समिक्षा गर्नुपर्ने आवश्यकता छ। तर गुपचुपमा संविधान संशोधन गर्नेकुरा कति जायज होरु त्यसो हुनाले मुल कुरा के हो? संविधान संशोधन, होइन। मुल कुरा अर्कै छ। त्यो के छ नभनि हालौं। त्यसो हुनाले आफ्ना आफ्ना स्वार्थ सिद्धी गर्नका लागि अनेक किसिमको जामा पहिरिए पनि वास्तविक समयमा उजागर हुनेछ।
