शनि, कार्तिक १५, २०८३
16.1 C
Kathmandu

विमान दुर्घटनामा मृत्यु भएका थप ६ को शव आफन्तलाई बुझाउने तयारी

काठमाडौं । सौर्य एयरको विमान दुर्घटनामा मृत्यु भएका थप ६ जनाको शव आज आफन्तलाई बुझाउने तयारी गरिएको छ। एयरलाइन्समा प्राविधिक रहेका मनुराज शर्मा उनकी श्रीमती प्रिजा खतिवडा र छोरा अधिराज शर्मासहित अन्य तीन जनाको शव आज आफन्तलाई बुझाउन लागिएको हो ।

यसअघि हिजो शुक्रबार को९पाइलट सुशान्त कटुवाल, राजाराम आचार्य, उद्धव पुरी, श्याम बिन्दुकार र अस्मिन निरौलासहित थप एकजनाको शव परिवारलाई बुझाईएको थियो । केही मृतकका आफन्तले भने बीमा, क्षतिपूर्तिलगायतका विषय स्पष्ट भएपछि मात्रै शव बुझ्ने बताएका छन्।

सम्बन्धित समाचार

ताजा न्यूज