बिहि, कार्तिक ६, २०८३
16.1 C
Kathmandu

हाम्रा विरुद्धमा अनेकौँ किसिमका षड्यन्त्रका तानाबानाहरू बुनिँदै छ- माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीविरुद्ध षड्यन्त्र सुरु भएको बताएका छन् । बिहीबार पार्टी मुख्यालय आलोनगरमा बसेको केन्द्रीय कमिटीको बैठकमा उनले एकीकृत समाजवादीविरुद्ध विभिन्न षड्यन्त्रका तानाबाना बुनिँदै छ भन्ने सुन्नमा आएको बताएका हुन् ।

त्यसबारे यकिन भइनसके पनि चनाखो हुनुपर्नेमा उनले जोड दिए । उनले षड्यन्त्रविरुद्ध गहन विश्लेषण गरेर जानकारी हासिल गर्नुपर्ने बताए ।

अध्यक्ष नेपालले पार्टीले पूर्ण सतर्कता अपनाउनुपर्ने भन्दै सचेत गराए । उनले विभिन्न राजनीतिक शक्तिहरूसँग संवाद जारी राख्नुपर्ने पनि बताए ।

हाम्रा विरुद्धमा अनेकौँ किसिमका षड्यन्त्रका तानाबानाहरू बुनिँदै छन् भन्ने कुरा पनि सुन्नमा आइरहेको छ । कति सत्य हो, कति असत्य हो रु थाहा छैन । तर, कति सत्य हुन्, कति असत्य हुन् भनेर पनि हुँदो रहेनछ । लेखेर पनि हुँदो रहेनछ । बोलेर हुँदो रहेनछ । यसअर्थमा विभिन्न राजनीतिक दलहरूसँग, राजनीतिक शक्तिहरूसँग हामीले संवाद जारी राख्नुपर्छ ।

सम्बन्धित समाचार

ताजा न्यूज