बिहि, कार्तिक ६, २०८३
16.1 C
Kathmandu

भारतका लागि नेपाली राजदूत शंकरदाश वैरागीलाई बनाउने तयारी

काठमाडौं । सरकारले पूर्वमुख्यसचिव शंकरदाश वैरागीलाई भारतका लागि नेपाली राजदूत बनाउने भएको छ । सत्ता गठबन्धनमा भएको भागबण्डामा चीन र अमेरिका एमाले र भारतका लागि नेपाली राजदूत कांग्रेसले लिने मोटामोटी समझदारी भएको स्रोतले जनाएको छ ।

त्यसअनुसार कांग्रेसले सुरुमा भारतका लागि वर्तमान राजदूत डा. शंकर शर्मालाई निरन्तरता लिन चाहेपनि प्रधानमन्त्री केपी शर्मा ओली तयार भएनन् ।

प्रधानमन्त्री ओली वैरागी हाल रहेको राष्ट्रिय सुरक्षा सल्लाहकार पद राखिराख्ने पक्षमा नभएको स्रोतले जनाएको छ । डा. बैकुण्ठ अर्याललाई मुख्य सचिव बनाउन प्रचण्ड नेतृत्वको सरकारले वैरागीकै लागि राष्ट्रिय सुरक्षा सल्लाहकारको पद सिर्जना गरेको थियो ।

राष्ट्रिय सुरक्षा सल्लाहकार बन्ने शर्तमा वैरागीले कार्यकाल सकिनु ६ महिना अगाडि नै मुख्य सचिवबाट राजीनामा दिएका थिए । लगतै राष्ट्रिय सुरक्षा सल्लाहकारको नियुक्त पत्र बुझेका थिए ।

कांग्रेसका एक नेताका अनुसार अब चीन, रुस, अष्ट्रेलियालगायतका देशबाट हालका नेपाली राजदूत फिर्ता बोलाउने सम्भावना रहेको छ ।

प्रचण्ड नेतृत्वको सरकारले गत २४ जेठमा ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको थियो । त्यसपछि भारतमा नेकपा एमालेबाट पूर्वमुख्यसचिव डा. लोकशर्दन रेग्मी र अमेरिकामा पूर्वसचिव चन्द्र घिमिरेसहित ८ देशका लागि नाम सिफारिस गर्ने निर्णय भएपनि निर्णय प्रमाणीकरण नहुँदै नयाँ गठबन्धन सरकार बनेको थियो ।

सम्बन्धित समाचार

ताजा न्यूज