बिहि, कार्तिक ६, २०८३
19.1 C
Kathmandu

किड्नी दान नपाएको भए मेरो १७औं पुण्यतिथि हुन्थ्यो- प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दान जीवनसँग सम्बन्धित भएको बताएका छन् ।

डा. अजयक्रान्ति शाक्यको ‘बुद्धका मौलिक दर्शन’ पुस्तकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘जसलाई जे दान आवश्यक छ, त्यो दिने हो, आवश्यक नै नभएको मान्छेलाई केही कुरा पनि दान दिन हुँदैन ।
मेरो किड्नी गयो, मलाई किड्नी आवश्यक भयो, म अहिले दानकै किड्नी लिएर बाँचिरहेको छु । किड्नी दान नगरेको भए त म उहिल्यै १७ वर्ष अगाडि, अहिले मेरो १७औं पुण्यतिथि हुन्थ्यो । जसलाई जुन चिज आवश्यक हुन्थ्यो, त्यो कुरा दान दिनुपर्छ ।’

उनले आफ्नो पार्टीले भिक्षुलाई राष्ट्रियसभामा सदस्य बनाएको समेत बताए ।

सम्बन्धित समाचार

ताजा न्यूज