काठमाडौं । सौर्य एयरको विमान दुर्घटना पछि त्रिभुवन बन्द गरिएको अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ ।
बुधबार बिहान काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा सौर्य एयरको विमान दुर्घटनामा परेको थियो । सौर्य एयरको विमान प्राविधिकसहितको टोली लिएर पोखरा जान लागेको बेला दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले दुर्घटनामा १८ जनाको मृत्यु र एक जना घाइते भएको जनाएको छ ।
प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा आगलागी नियन्त्रणमा लिई १८ शव संकलन गरिएको उल्लेख छ ।
सौर्यको ९ एन एएमईरसीआरजे २०० कलसाइनको जहाज बुधबार बिहान ११ १५ मिनेटमा दुर्घटनामा परेको थियो । जहाज रनवे ०२ तर्फबाट उडेको र पूर्वतर्फ रनवे २० नजिकै दुर्घटनामा परेको थियो।
