शनि, कार्तिक ८, २०८३
16.1 C
Kathmandu

विचौलियाको पक्षमा काम गर्ने गठबन्धन- प्रचण्ड’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ गठबन्धनले विचौलियाको पक्षमा काम गर्ने आरोप लगाएका छन् ।

बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नरबहादुर कर्मचार्यको स्मृति सभामा उनले यस्तो आरोप लगाएका हुन् ।

प्रचण्डले युवालाई सामाजिक सुरक्षामा आवद्ध गर्ने र उनीहरूका हकहितको पक्षमा केही महत्वपूर्ण निर्णय लिएसँगै सरकार ढालिएको बताए । उनले विचौलियाहरूको पहलमा नै नयाँ गठबन्धन बनाइएको जिकिर गरे । विचौलियकै पक्षमा सरकारले काम गर्ने उनको आरोप छ ।

उनले पछिल्ला दुई गिरफ्तारीपछि सरकार परिवर्तनको चलखेल भएको बताए । प्रतिगमनको खतराविरुद्ध पार्टीलाई एकतावद्ध गर्ने र जनतासँग जोडिएर जरुरी पर्दा आन्दोलनको तयारी गर्ने कुरामा आफूहरूको मुख्य लक्ष्य रहेको स्पष्ट पारे ।

सम्बन्धित समाचार

ताजा न्यूज