शुक्र, कार्तिक १४, २०८३
15.1 C
Kathmandu

गृहमन्त्रीले अध्यागमनका कर्मचारीलाई भने– अलि ‘स्मार्ट’ र ‘स्माइलिङ’ हुनुपर्‍यो

काठमाडौं । गृहमन्त्री रमेश लेखकले अध्यागमन मुलुकको अनुहार भएको बताएका छन् ।

मंगलबार बिहान काठमाडौंस्थित अध्यागमन विभागको निरीक्षण गर्दै उनले मुलुकभित्र प्रवेश गर्ने प्रत्येक मानिसले सबैभन्दा पहिलो नेपालीका रूपमा अध्यागमन कर्मचारीलाई भेट्ने भएकाले उनीहरू स्मार्ट बन्नुपर्ने समेत बताए ।

ुतपाईंहरूलाई भेट्ने बित्तिकै नेपाल कस्तो छ, नेपाली कस्ता छन् भन्ने कुरा त्यहीबाट प्राप्त हुन्छ, उनले भने, त्यो भाव र भावनाका साथ काम गर्नुस्, उनले भने ।

देशभन्दा बाहिर जाने मानिसहरूलाई बिदाइ गर्ने अन्तिम नेपाली पनि अध्यागमनकै कर्मचारी भएको उनको भनाइ थियो । अलि ‘स्मार्ट’ र ‘स्माइलिङ’ पनि हुनुपर्‍यो, उनले भने, गलत ढंगले मान्छे आउने र जाने कुरामा कर्मचारीको संलग्नतादेखिए कारबाही गरे हुन्छ ।

पछिल्लो समय मानव बेचबिखनका घटनाहरू बढिरहेको सुन्नमा आएको बताउँदै त्यसतर्फ कर्मचारीलाई सचेततापूर्वक खटिन गृहमन्त्री लेखकले निर्देशन दिए ।

ुमानव बेचबिखन पूर्ण रूपमा रोकिनुपर्छ, उनले भने, अवाञ्छनीय गतिविधि स्वीकार्य छैन ।

गृहमन्त्री लेखकले अध्यागमनसम्बन्धी विधेयक संशोधनका लागि एक महिनाभित्र मन्त्रालयमा प्रस्ताव पेश गर्न आग्रह गरेका छन् ।

सम्बन्धित समाचार

ताजा न्यूज