काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अवस्था प्रशंसा गर्न लायक नभएको बताएका छन् ।
इन्जिनियर दिवस विशेष समारोहलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
उनले भने, ‘देशको अवस्था राम्रो छैन । प्रशंसा गर्न लायक छैन । देश र इतिहास प्रशंसा गर्न लायक छ । गौरवपूर्ण इतिहास छ । भविष्य उज्वल छ । त्यसमा कुनै शंका छैन । तर, आज सन्तोष मान्न र खुसी हुने अवस्था छैन । यस अवस्थालाई हामीले बदल्नैपर्छ ।’
देशमा देखिएको समस्यालाई समाधान गरेर भविष्य उज्ज्वल बनाउन आफूहरू लागिरहेको ओलीले सुनाए ।
